Tuesday, November 9, 2021

Waiting For YOU!

 

जुन दिन तिमि मेरो लागि हैन मेरो खुसीको लागि भगवान संग प्राथना गर्न थाल्छौ ,मेरो एक बोलीले तिमीलाई सुकुन दिन थाल्छ ,मेरो लागि तिम्रो मनमा माया ,हेरचाह र सम्मान आउछ !उसदिन भन तिम्रो मनको कुरा, म तिम्रो प्रेम प्रसताब स्विकार्नेछु।

अहिले येत्तिकै घमण्डी नभन, किनकी तिम्रो आखामा मेरो लागि त्यो साचो , मैले खोजेको कुनै कुरा देक्दीन।

म नि दुखि छु , म नि पर्खाईमा छु , एक साचो र चोखो प्रेमको, त्यो प्रेम जसले मलाई मेरो दुखेको घाउमा मलम लगाउछ। मेरो आखबट बग्ने हरेक आशु लाइ थाम्न सक्छ। मेरो हात समाएर मसंगै पुरै जिन्दगि को ओकली र ओराली हिद्नेछ

माया नगर्ने हैनन गर्छु तर म तिम्रो आखामा विश्वास ,भरोसा , मनमा साचो माया, केहि राम्रो गर्न सक्ने उत्साह र जोश अनि जिबनमा आउने समस्यालाई हासी हासी मिलेर solve गर्दै पुरै जिन्दगि मसंग बिताउन चाहाना देख्न चाहन्छु।